कान्तिपुरकर्मी नवीन पोखरेललाई मिडिया अवार्ड

लण्डन । बेलायतबाट सञ्चालित मिडिया प्रोडक्सन हाउस ‘ह्याब अ मोमेन्ट’ ले शनिबार साँझ एक कार्यक्रम गरि संचारकर्मी नवीन पोखरेललाई बेष्ट मिडिया पर्सनालिटी अवार्डले सम्मान गरेको छ । लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पोखरेल कान्तिपुर डेली र कान्तिपुर टेलिभिजनका लागि यूके संवाददाताका रुपमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका पोखरेल बेलायतबाट संचालित वीनेपाली अनलाइनका प्रमुख सम्पादक समेत छन् ।

गैर आवासीय नेपाली संघ यूकेका सल्लाहकार समेत रहिसकेका पोखरेलले बेलायतवासी नेपाली तथा नेपाली संघसंस्थाको आवाजलाई पत्रकारिताको माध्यमबाट प्रष्फुटन गर्दै आएका छन् । लमजुङ सुन्दर बजार निवासी पोखरेल सन् २००६ देखि बेलायतमा छन् । सरल अनि नम्र स्वभाव तर कडा परिश्रम रुचाउने पोखरेल आफ्नो पेशा र कर्तव्यप्रति कटिबद्ध छन् । उनले प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् । उनको कार्यकुशलको मूल्यांकन गर्दै सन् २०१७ मा एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै नेपाली दूतावास लन्डन, नेपाली साहित्य बिकास परिषद यूके, एनआरएनए यूके, तमु समाज यूके, मिस नेपाल यूके टिम लगायतबाट सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *