एनआरएनए अस्ट्रेलियाको प्रवक्तामा गुरुङ नियुक्त

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले प्रवक्तामा नन्दु गुरुङलाई नियुक्त गरेको छ । अधिवेशन भएको ६ महिनापछि संघले प्रवक्तामा गुरुङलगायत विभिन्न पदमा नियुक्ति गरेको छ । गत आइतबार सम्पन्न एनआरएन अस्ट्रेलियाको बैठकले पब्लिक अफिसरमा कोमल पाठकलाई नियुक्त गरेको छ ।

त्यस्तै क्वइन्सल्यान्डका दीप थापा, न्यू साउथ वेल्स (एनएसडब्लु) का पूर्णनाथ घिमिरे र दक्षिण अस्ट्रेलियाकी प्रजिता गेलाललाई एनसीसी सदस्यमा मनोनयन गरिएको छ ।

सोही बैठकले न्यू साउथ वेल्सका डा कृष्ण श्रेष्ठ, दिनेश पोखरेल, सिर्जना संग्रौला, दिनेश जोशी, सीके भुसाल, दिनेश जोशी, हेमन्त काफ्ले, बिबेक थापा, केशब सापकोटा, गणेश तामाङ्ग, त्रिलोचन पोखरेल, सुजित सिग्देल, हिमलाल गैरे, बालचन्द्र भट्टराई, दक्षिण अस्ट्रेलियाबाट सूर्य आचार्य र प्रविन गुरागाईलाई सल्लाहाकारमा नियुक्त गरेको छ ।

यस्तै, पश्चिम अस्ट्रेलियाबाट डम्बर श्रेष्ठ, तास्मानियाबाट अनिल श्रेष्ठ, भिक्टोरियाबाट बिनित शर्मा, श्री पन्त, सुनिल भण्डारी, क्यानबेराबाट दुर्गगत्त कंडेल कुइन्स ल्याण्डबाट वामदेव पौडेल र डार्विनबाट नवीन वाग्लेलगायत दुई दर्जनलाई पनि सल्लाहकार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *