‘नेपाल आइडल’बाट बाहिरिए सागर आलेमगर

गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका छन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए ।

अब, उत्कृष्ट ३ जनाले ‘नेपाल आइडल’को ट्रफिका लागि कतारमा प्रतिस्पर्धा गर्नेछन् । ‘नेपाल आइडल’को फाइनल कतारमा आयोजना हुँदैछ ।