लण्डन।बाग्लुड समाज युकेले युकेले नेपाली समूदायद्वारा निर्माणाधीन प्रथम भि सि बिजेता हवल्दार कुलबिर थापामगर को शालिक निर्माण कार्यमा यसरी ऐक्यबद्धता जनाउँदै एक हजार १० पाउण्डको चेक हस्तान्तरण गरेको छ ।
आइतवार फानब्रो स्थित रशमोर काउन्सिल अफिस को प्राङगणमा बाग्लुड समाज युके ग्रेटर रशमोर नेपाली कम्युनिटीको बिशेष पहलमा उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।
समाज का अध्यक्ष छबीमाया पुन मगरको अध्यक्षता, उपाअध्यक्ष खडग बहादुर थापा मगर, सहकोषाध्यक्ष हिरा बहादुर पुन मगर, सल्लाहकार नरमती पुन मगर, फानब्रोस क्षेत्रीय सयोजक हिरा बिक, सदस्य हरू रूकमाया थापा, सुबास पुन लगायत ब्यक्तिहरुको उपस्थिीतीमा संस्थाले जटाएको उक्त रकमको चेक ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राइ लाइ हस्तान्तरण गरिएको हो ।
सहयोग रकम लिन प्रोजेक्ट संयोजक मेजर खिम गौचन, कोषाध्यक्ष टोप पल्ली, प्रवक्ता तथा पुर्वअध्यक्ष ओम थापा काउचा, सदस्य बीर बलाल लगायत समेत उपस्थित रहेको प्रवक्ता ओम थापा काउचाले जानकारी दिए ।
उक्त अवसरमा शालिक निर्माणको नेतृत्व गरिरहेको ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले धन्वयवाद मन्तब्य ब्यक्त गरेका थिए भने सयोजक खिम गौचलले प्रोजेक्टको आजसम्मकोे प्रगती विवरण बारे जानकारी गराएका थिए । आगामी दिनमा गरिने कार्यहरुको विवरणको बारेमा जानकारी दिदै उक्त अभियानमा सकारात्मक सुझाव सल्लाह दिन समेत आग्रह गरे । 
बागलुङ समाज युकेका अध्यक्ष छबीमाया पुनले यस ऐतिहासिक प्रोजेक्टमा सहंभागी हुने अवसर दिएकोमा अभियान कर्ताहरुलाइ धन्यवाद दिइन् । साथै उनले अभियानको सफलताको समेत कामना गरिन ।
त्यसैगरी सल्लाहकार नर्मती पुन काउचाले यस महामारीको समयमा पनि यस प्रकारको ऐतिहासिक काममा खटिएकोमा भन्दै कार्यको सराहना गरिन । बिद्यमान कोरोना भाइरस संक्रमणको समयमा अपनाइनुपर्ने सरकारको नितिलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।






