शनिबार एनआरएन युकेको चुनाव,उम्मेदवारहरु बीच कडा प्रतिस्पर्द्धा

लन्डन । शनिबार हुनगैरहेको गैरआवासीय नेपाली संघ युकेको चुनावमा तीन जना उम्मेदवारहरुबीच अध्यक्ष पदका लागि भीडन्त भैरहेको छ।

कृष्ण तिमल्सिना, योग कुमार फगामी,तथा हिराधन राई बीच कडा प्रतिस्पर्द्धा हुने अनुमान गरिएको छ।

शुरुमा तीनजनामध्ये एकजनाले छाडने कतिपयको अनुमान थियो, तर तीनै जना उम्मेदवारहरु पछि नहटेपछि त्रिपक्षीय भीडन्त हुनलागेको हो।

उपाध्यक्षमा दीपक श्रेष्ठ, ललितकुमार न्यौपाने, राष्ट्रकुमार राई, दयानिधि सापकोटा, शेरबहादुर सुनार, सुशिला राई, पुनम गुरुङ, डा. दिलिप कुमार यादव, प्रेम गाहामगर, डा. प्रेमबहादुर आले र भोलानाथ खनालको उम्मेदवारी छ ।

महासचिवमा राजकुमार त्रिपाठी,फडिन्द्र भट्टराई, खुशीतावा लिम्बु बीच कडा प्रतिस्पर्द्धा हुने अनुमान गरिएको छ।  उपमहासचिवमा कृष्ण तिवारी र विनय अधिकारीको उम्मेदवारी छ । युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, कुमार थापा र लालबहादुर गुरुङ छन् । त्यसैगरि कोषाध्यक्षमा महेश गिरी; शालिकराम सापकोटा,र सचिन श्रेष्ठ को उम्मेदवारी छ ।

सचिव पदका लागि चार जना उम्मेदवार छन् जसमा नारायण गाउंले,तारानाथ भण्डारी, सुरज मास्के, सुनिल बाबु खड्का छन् ।सह-कोषाध्यक्षमा सुरज पौडेल र गजेन्द्र गुरुङ छन् ।

तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवाल छन् ।

सदस्यमा कोलेश्वर ढकाल, तिलक भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमिल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कंडेल, विमला लिम्बु, मनिष खड्का, विष्णु प्रसाद खरेल, परशुराम पाण्डे, होमनाथ पौडेल, डेबिद्र थापा, मुकेश राना र पवन राईको उम्मेदवारी छ ।

यसपटकको चुनावमा एनआरएन युकेका ३,६८१ जना सदस्यहरु मतदानकालागि योग्य रहेकेा एनआरएन युकेको निर्वाचन आयोगले जनाएको छ।

लण्डननेपाल न्युजडटकमसंग कुरागर्दै निर्वाचन आयोगका सचिव रामशरण सिंखडाले एनआरएन युकेको चुनाव अहिलेसम्मकै उत्कृष्ट हुने बताउनुभयो। उहाँले निर्वाचनकालागि सबै तयारी पुरा भैसकेको र सबै चारवटै मतदान केन्द्रहरुमा स्वयम्सेवक देखि निर्वाचन टोली शुक्रबार रातीनै प्रस्थान गरेको पनि जानकारी दिनुभयो। शनिबार बिहान आठ बजेदेखि मतदान शुरु गरिने छ।