लन्डन ,गुल्मीको ग्रामीण गा वि स भित्र पहिलोपटक जनचेतनामूलक होर्डिङ बोर्ड निर्माण गर्ने भएका छन् ।गुल्मी पिपलधारा गाविस का वैदेशिक रोजगार मा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था ” पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी” ले गाविस मा व्याप्त अनिमियता , भ्रष्टाचार , अन्धविश्वास , कुरिती , जातीय विभेद , वर्गीय विभेद न्यूनीकरण गर्न , समाजमा अबशेष को रुममा जरा गाडेर बसेको रुढीबादी संस्कार र परम्परा लाई निर्मुल पार्न गाविसवासी जनतामा जनचेतना जगाउन होर्डिङ बोर्ड निर्माण अभियान चलाएको छ ।
संस्थामा आवद्ध पदाधिकारी एवं सदस्यहरु र अन्य समाजसेवि सहयोगिदाता को सौजन्य मा सो बोर्डहरु निमाण गर्न लागेको र उक्त बोर्डहरु विभिन्न सार्वजनिक स्थान , सड्क , चोक , घुम्ती र छिमेकी गाविस जोड्ने सिमानाहरु मा लगाउने कुरा संस्थाका अध्यक्ष श्री कृष्णप्रसाद खनालले लण्डन नेपाल डट कम लाई जानकारी गराए।
आगामी बडा दशै सम्म सम्पन्न गर्ने लक्ष्य लिइ अभियानरत रहेकाले उक्त संस्थाले विभिन्न संघ संस्थाहरु , व्यावसायिहरु र इच्छुक समाजसेवी हरु लाई उक्त कार्यमा सौजन्य तथा सहयोग गरिदिन आफ्नै आधिकारिक फेसबुक पेजबाट अनुरोध सार्वजनिक गरेको छ । विगत ढाइ वर्ष देखि संचालित उक्त संस्थाले वृहत् अभियान मार्फत गाविस का जनताको समस्या लाई ध्यान मा राखी गाविस को स्वस्थ्यचौकी लाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ।
उक्त समाजिक संस्थाले विभिन्न समय मा समाजका असायहरु लाई आर्थिक सहयोग वितरण , विद्यालय का प्रवेशिका उतिर्ण विधार्थीलाई पुरस्कार वितरण , भुकम्पपीडित हरु लाई राहत वितरण , २०७३ सालको सुचना एवं सन्देशमुलक क्यालेन्डर वितरण लगायत का समाजिक कार्य गर्दै आएको महासचिव राजेन्द्रकुमार खड्का वताउँछन्,सामाजिक एवं कल्याणकारी जनमुखि ,शैक्षिक चेतना संम्मबन्धि संस्थाका मुख्य उदेश्य रहेको समेत खड्काले जानकारि दिए।
संस्थाका हाल विभिन्न पाँच उप-समिति तथा मुलकार्य समिति गरि छ समितिले काम गर्दै अाएका छन् जसमा ११ देशका सदस्य रहेका छन् ।






