लन्डन– गैर आवासीय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष शुक्रराज न्यौपानेले प्रेस विज्ञप्ती जारी गर्दै यूरोप उप-संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघमा आफ्नो एकदशक लामो संलग्नता रहेको भन्दै उनले संसार भरि छरिएर बसेका नेपालीहरुलाई एक सुत्रमा बाँध्ने, संस्थालाई चुस्त बनाउने लगायतका प्रतिबद्धता गरेका छन् ।
एनआरएनए अभियानलाई गतिशील र प्रभाकारी बनाउन आफूले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उनले यूरोप उप संयोजकमा पदमा दाबी गरेका छन् उनले सम्पूर्ण गैरआवासीय नेपालीहरुबाट सहयोगको अपेक्षा समेत राखेका छन् ।
बिज्ञप्तिमा भनिएको छ —
आदरणिय युरोप बासी अग्रज तथा नेपाली दाजुभाइ-दिदीबहिनी, पत्रकार मित्रहरु लगायत सम्पुर्ण गैर आवासीय नेपाली अभियन्ताज्यूहरुमा हार्दिक नमस्कार । हजुर हरुलाई अवगतनै होला गैर आवासिय नेपाली संघको स्थापना कालदेखि यस संस्थालाई यो उचाई सम्म ल्याउने क्रममा विभिन्न देश का गैर आवासीय नेपाली हरुको ठूलो योगदान रहेको छ र आजसम्म बिभिन्न चुनौतीहरुलाई पार गर्दै नेपाल र नेपालीको हितमा अत्यन्तै राम्रा कामहरु गर्दै यहा सम्म आएको छ । येसै क्रममा यो अभियानमा म २००७ देखी गैर आवासीय नेपाली संघ आयरल्याण्डको संस्थापक, अध्क्षय २००९ -२०११ र वर्तमान संरक्षकको रुपमा काम गर्ने मौका मलाई मिलेको छ र मलाई गर्व छ आज यो संस्था नेपालीहरुको भरोसाको केन्द्रबिन्दु बनेको छ। यस अर्थमा एनआरएनए, का अग्रजज्यूहरु तथा सम्पुर्ण अभियन्ताहरुलाई हार्दिक नमन गर्न चाहन्छु। साथै काठमाडौंमा हुन गईरहेको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा यस संस्थामा रहेर काम गर्ने तीव्र इच्छाका साथ युरोप सह संयोजकमा उम्मेदवारी दिने घोषणा गर्दै हजुरहरुको साथ, समर्थन र सहयोगको लागि विनम्र अनुरोध गर्दछु।
धन्यवाद ।
जय एनआरएनए शुक्रराज न्यौपाने संरक्षक गैर आवासीय नेपाली संघ आयरल्याण्ड (उप-संयोजक युरोप उम्मेदवार)






