प्रधानमन्त्री अस्पताल भर्ना, स्वास्थ्य सामान्य

Prime Minister KP Sharma Oli speaks at a televised session on ‘Strategic Outlook on South Asia’ as a panelist at the 49th Annual Meeting of the World Economic Forum in Davos, Switzerland, on Tuesday, January 22, 201p. Photo: WEF videograb

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्रा डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहेका छन् । थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *