यस्तो छ नयाँ शक्तिको खर्च विवरण

baburam bhattaraiकाठमाडौं- नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभाको तयारी र तामझामपूर्ण विज्ञापनहरुको खर्चबारे प्रश्नहरु उठेपछि पार्टीले आफ्नो हिसाबकिताब सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ‘अनुमानित आर्थिक अवस्था’ मा आइतबारको घोषणा सभापछि पनि ७१ लाख बचत हुने देखाइएको छ।

हिसाब अनुसार एक लाखभन्दा बढी सदस्यहरुबाट एक करोड २० लाख, १५०० प्रतिनिधिहरुबाट ५०० को दरले साढे सात लाख, सचिवालय सदस्यहरुबाट १० हजारका दरले ६ लाख ६० हजार, अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरुबाट १० लाख, समर्थकहरुबाट सहयोगका रुपमा २५ लाख र हाल बैँकमा रहेको सात लाख चानचुन जोडी एक करोड ७६ लाख आम्दानी हुनेछ।

खर्चमा प्रचार–प्रसार, प्रकाशनमा ३७ लाख, पार्टी घोषणा सभा व्यवस्थापनमा २० लाख, छलफल सत्रको खर्च (दुई दिनको) १२ लाख, प्रतिनिधिहरुलाई बसोबाससहितको व्यवस्थापनमा १४ लाख, जनपरिचालन खर्च १० लाख र विविध १२ लाख गरी एक करोड पाँच लाख देखाइएको छ।