काठमाडौं- नेपाल र चीनबीच भएको सहमतिअनुसार यही असार १ गतेदेखि उत्तरतर्फको कोरला नाका २५ दिनका लागि खुल्ने भएको छ ।
नाकामा असार १ गतेदेखि व्यापार मेला हुँदैछ । मेलामा नेपाल र चीन दुवैतर्फका व्यापारीहरु आउनेछन् ।
चीनतर्फको ढुंवासेन बजार पुगेर यहाँ व्यापार गर्न आउने नेपाली नागरिकले भीषा लिनुपर्ने छैन ।
हिउँ नपर्ने मौसम भएकाले अहिले नाका खुलाउन लागिएको हो । नेपालीले सामान किन्नका लागि कोरला मूल गेटको सिमानाबाट २ किमी चीनतर्फको स्थानमा जानुपर्नेछ ।






