हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डको नयाँ वर्ष कार्यक्रममा रमेश भट्टराई,सम्झना भण्डारी र करिश्मा ढकालले तहल्का मच्चाउने,

शिब भण्डारी

लण्डन । हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेले नेपाली नयाँ बर्ष २०८० विशेष कार्यक्रम गर्ने भएको छ।
कार्यक्रम आगामी ३ अप्रिल सोमबार सीताराको सभा-हलमा भब्य कार्यक्रम गरिने भएको हो ।

नयाँ वर्ष २०८० सालको शुभकामना कार्यक्रममा नेपालका राष्ट्रिय चर्चित कलाकारहरु रमेश राज भट्टराई ,सम्झना भण्डारी करिश्मा ढकाल र स्थानीय कलाकार हरुले लाइभ प्रस्तुति दिने सागींतिक साँझ आयोजना गरिएको पूर्व अध्यक्ष शिव खरालले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

समाजका संस्थापक अध्यक्ष एबम कार्यक्रम कोडिनेटर गगां गौतमले कार्यक्रममा उपस्थित भएर स्वादिष्ट खाना र राष्ट्रिय चर्चित कलाकारहरुको साथमा म्युजिक सिस्टम हेम बिष्टको डिजेमा रम्ने कार्यक्रम भएकाले उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेका छन् ।
समाजका अध्यक्ष राम भट्टराईले नया बर्ष मनाउन समय मिलाएर उपस्थित भै मनोरंजन लिन सबैमा अनुरोध गरेका छन् ।