काठमाडौं- मधेसी र जनजाति दलहरुको संघीय गठबन्धनले मंगलबारदेखि अनसन सुरू गरेको छ ।
राजधानीको खुल्लामञ्चमा भएको अनसन बिहान ७ बजेबाट सुरु रिले अनसन साँझ ७ बजेसम्म चल्ने छ । पहिलो दिन संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवसहित अन्य दलका शीर्ष नेताहरु अनसनमा बसेका छन् ।
अनसन स्थलमा दैनिक ३० जना नेता/कार्यकर्ता बस्ने छन् । प्रत्येक दिन ३ बजेदेखि अनसन स्थलमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।
प्रत्येक दिन अनसनको अन्त्यमा गठबन्धनका एक शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरीको कार्यक्रम समापन हुने गठबन्धनले जनाएको छ । रिले अनसन असार मसान्तसम्म चल्ने छ ।






