सेलिब्रेटी सेफ नेपालमा

काठमाडौं । सेलिबे्रटी सेफ नेपालमा भेला भएर अनुभव साटासाट गर्दैछन् । यो अवसर प्यासिफिक हस्पिटालिटी एन्ड क्युलिनरी एकेडेमीले जुटाइदिएको हो । उक्त एकेडेमीले आयोजना गरेको एक दिने सेफ करिअर एन्ड प्रफेसन डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन नेपाल आएका सेलिब्रेटी सेफहरुले अनुभव आदान–प्रदान गरेका हुन् ।

उक्त कार्यक्रमलाई सेफ एसोसिएसन नेपाल, अस्ट्रेलिया क्युलिनरी फिड्रेशन, नेपाल सरकार, होटल एसोसिएन अफ नेपाल, नेपाल टुरिजम बोर्डलगायत विभिन्न संघसंस्थाले सर्पोट गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाबाट ग्लोबल रिसर्च सेफ एसोसिएसन सर्टिफाइट एजुकेटिभ सेफ एडम क्रिक मोरी, अस्टे«लियन क्युलिनरी फेड्रेशनकी अध्यक्ष सेफ क्यारिन म्यारी ड्योल, सेफ एसोसिएन नेपालका अध्यक्ष श्रीराम अधिकारी, एजुकेटिभ सेफ तथा सेफ नेपाल एसोसिएसनका संस्थापक अध्यक्ष गोविन्द नरसिंह केसी, प्यासेफिक हस्पिटालिट एन्ड क्युनरी एकेडमीका अन्तर्राष्ट्रिय सम्बन्धका निर्देशक गणेश केसीलगायत क्युलिनरी क्षेत्रका अनुभवी व्यक्तिहरुको सहभागिता थियो ।

अनुभव साटासाट कार्यक्रममा निर्देशक केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले प्यासेफिक हस्पिटालिट एन्ड क्युलिनरी एकेडमीले नेपालको पाहुना सत्कारबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याउन सकिने भएकाले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सेफ एसोसिएसन नेपालका संस्थापक अध्यक्ष केसीले जीवनमा धेरै कुरा सिक्यौं, अझ पुगेको छैन, त्यो नयाँ पुस्ताले पूरा गर्नुपर्ने दायित्व रहेको बताएका थिए । सेफ नेपाल एसोसिएनका अध्यक्ष अधिकारीले पनि आफ्नो धारणा राखेका थिए ।

अस्ट्रेलियन क्युलिनरी फ्रेड्रेसनकी अध्यक्ष सेफ क्यारिन म्यारी ड्योल र ग्लोबल रिर्सच सेफ एसोसिएसन सर्टिफाइ एजुकेटिभ सेफ एडम क्रिक मोरीले आफ्नो अनुभव जुनियर सेफहरुसँग सुनाएका थिए । पाहुनाको सत्कार मात्र होइन, खानामा प्रयोग हुने वस्तु पनि त्यत्तिकै स्वस्थ्यबद्र्धक हुनुपर्छ भन्ने कुरामा प्यासिफिक हस्पिटालिटी एन्ड क्युलिनरी एकेडेमी सजग रहेको छ । उक्त एकेडेमी अगाडि प्रत्येक शनिबार आर्गनिक तरकारी प्रदर्शनीमा राखिएको हुन्छ । विषादिरहित तरकारी सेवनले स्वास्थ्यमा सकरात्मक प्रभाव पर्नुका साथै आर्गनिक खेती गर्ने किसानलाई फाइदा पुग्ने निर्देशक केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *