काठमाडौं – भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ ।
प्रचण्डले भारत पुगेर छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिएका छन् ।
- प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बुँदा
– माथिल्लो कर्णाली, अरुण तेस्रोसहित जलविद्युत आयोजनको अवस्था, यसमा नेपालको धारणा स्पष्ट पार्ने
– पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन
– नौमुरे जलविद्युत योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव
– पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय
– दुई देशीय लाइन निर्माणको प्रगति
– हुलाकी सडक निर्माणको अवस्था
– भूकम्प पीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग
– सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय
– भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण






