बेलायत ४७ वर्ष पछि यूरोपेली संघबाट यसरी अलग्गियो(फोटो फिचर)

लन्डन । बेलायत ४७ वर्ष पछि यूरोपेली यूनियनबाट औपचारिक रुपमा बाहिरिएको छ । जनमत संग्रहले यूरोपियन यूनियनबाट अलग्गिने जनादेश दिएपनि तीन वर्ष पछि मात्रै बेलायत अलग्गिन सकेको हो ।

राति एघार बजे यूनियनबाट अलग्गिएको क्षणमा हर्षसँगै विरोध प्रदर्शन समेत भएको छ । ईयूको सदस्य रहीरहनुपर्ने पक्षमा बहुसंख्यकले मतदान गरेको स्कटल्याण्डका नागरिक भने हातमा मैनबत्ती बोकेर उक्त अलग्गिने निर्णयको विरोध गरेका छन् । ईयूबाट अलग्गिने निर्णयको पक्षमा मतदान गरेकाहरु भने लण्डनको पार्लियामेन्ट स्क्वायरमा रात्री भोजको आयोजना गरे ।

औपचारिक रुपमा अलग्गिनुभन्दा करिब एक घण्टा अगाडि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अपेक्षाभन्दा टाढा कहिले नआउने दिनको रुपमा धेरैका लागि स्तब्ध बनाउने क्षण बन्न पुगेको प्रतिक्रिया दिनुभयो । धेरैले यस क्षणलाई कौतुहलता र गुमाएको जसरी महसुस गरेको उहाँले बताउनुभयो । राजनीतिक अस्थिरता कहिले समाप्त नहुने सोचेर चिन्तित हुने बहुसंख्यक रहेको भन्नुहुँदै उहाँले थप्नुभयो, “म सबैको भावना बुझेको छु, यी सबैका बीच मेरो सरकारले देशलाई एक ढिक्का बनाएर अगाडि बढ्नेछ ।”
बेलायत ईयूबाट अलग्गिए लगत्तै ब्रसेल्सस्थित मुख्य प्रशासनिक भवनबाट संघका सदस्य राष्ट्रहरु मध्ये बेलायतको झण्डा हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *