तातोपानी नाका खुल्यो

tatopani-nakaकाठमाण्डाै १५ असाेज । चिनसँग जोडएिको प्रमुख नाका तातोपानी नाका खुलेको छ । शुक्रबार विहान उक्त नाका खुलेको हो । नाका खोल्नका लागि नेपालबाट विभिन्न टोली त्यसतर्फ गएको थियो । त्यसअघि नै चिनले उत्तल नाका खुलाउन महत्वपूर्ण पहल गरेको थियो । भूकम्पपछि उक्त नाका अबरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार बाटो खोल्दै लिपिङबजारसम्म डोजरहरु पुगेपछि नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वरको ठुलो पहिरो शुक्रबार विहान पन्छाउन सफल भएको हो । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिएको छ । अहिले सिमामा यातायात जान सक्ने भइसकेको छ । सडक सफा गर्ने वित्तिकै सवारी साधन हिड्न मिल्ने छ । शुक्रबार सडक सफा गर्ने र शनिबारबाट यातायात सुचारु गर्ने बताइएको छ । खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि शनिबारबाट मालबहाक गाडी गुडाउन सकिने छ । स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको बताइएको छ ।