विलार्ड इन्टरकन्टिनेन्टल र गोर्खाली फाउन्डेसनले महाभूकम्पबाट ध्वस्त गोरखाको बारपाक गाउँको पुर्निर्नर्माणमा सहयोग पु:याउने भएको छ। महाभूकम्पको केन्द्रविन्दू वारपाकको निर्माण गर्न संस्थाले राहत कोष संकलनसमेत सुरु गरेको जनाइएको छ।
सयौं नेपाली तथा विदेशी सहभागी भएको डिनर कार्यक्रममा नेपालमा गएको महाभूकम्पपीडितका लागि सहयोग गर्न सहभागिले तत्परता देखाएको जनाइएको छ। यूएस बेस्ड भोलेन्टरी ग्रुप गोर्खाली फाउन्डेसनले सहयोगका लागि संसारभरका नेपाली तथा विदेशीसमक्षसमेत आग्रहसमेत गरेको छ। गैरनाफामुखी यो संस्थाले नेपाल राइजिङ नेापलको युवा भन्ने आह्वानका साथ महाभूकम्प पीडितलाई राहतका लागि आह्वान गरेको छ।







