लण्डन । बेलायतमा एक दाइले आफ्नी सुन्दर र ट्यालेन्ट बहिनीलाई मृतअवस्थामा फेला परेसँगै भावविह्वल रुपमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
१८ बर्षकी बबि एन एमसी लिओड प्लेमाउथमा शनिवार साथीहरुसँग भेट्ने भनी घरबाट निस्किएकी थिइन् । तर योजना गरे अनुसार उनी त्यहा पुगिनन् । उनी हराएसँगै अनुसन्धान शुरू गरिएको थियो । तर उनको शव साउथ ह्याम्पशायर मा बोभिस नजिकै भेटिएको थियो ।
उनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २४ र २६ बर्षका दुई जना युवाहरुलाई पक्राउ गरेको छ ।
आफ्नी बहिनीको हत्या भएको भन्दै उनका भाइ लि एमसीलिओडले सामाजिक सञ्जालमा एक भावविह्वल सन्देश लेखेका छन् ।

उनले लेखेका छन्, ‘हामी फेरी भेट नभएसम्म बहिनी, तिमीलाई धेरै धेरै माया । तिमीले यो भोग्नु नपर्ने हो, यति सुन्दर र ट्यालेन्ट केटीलाई आफ्नी सानी बहिनीको रुपमा पाउनु, र तिमी हामी मिलेर गरेका साहस र यात्राहरु सधै बहुमूल्य रहनेछन् । जाउ अब आराम गर ।’
बबी एनी लेइघममा रहेको घरबाट ६ बजे निस्किएकी थिइन् । त्यसपछि उनले सिटी सेन्टरमा साथीहरुलाई भेट्ने भनी बसमा चढेकी थिइन् ।
तर उनी त्यहाँ कहिल्यै आउन सकिनन् । डेभोन र कर्नवाल प्रहरीले निकै मिहेनत गरी अनुसन्धान गरेको थियो । अनुसन्धानमा हेलिकप्टर प्रयोग गरिएको थियो ।
उनको खोजीको क्रममा १० हजार भन्दा धेरै मानिसहरुलाई आकर्षित गर्ने फेसबुक पेज बनाइएको थियो । बोभिस क्षेत्रमा प्रहरीले सुराकीको आधारमा अध्ययन गरेको थियो ।
तर औपचारिक रुपमा पहिचान हुन बाँकी रहेको छ भने उनको परिवारलाई यसबारे जानकारी दिइएको छ ।
पक्राउ परेका दुई जना प्रहरी हिरासतमा रहेका छन् ।






