लण्डन । बेलायतमा मङ्गलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन् ।
बेलायतमा अहिले पनि दैनिक कम्तीमा ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ ।
मङ्गलबार मात्र १६५ सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार १३७ जनाको मृत्यु भएको छ । सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् ।
सरकारी प्रयासका बाबजुत सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।






