काठमाडौं । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् ।
निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन् । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए ।
मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।






