अस्ट्रेलियामा नेपाली युवकको निधन

सिड्नी– अस्ट्रेलियामा एक नेपाली युवकको निधन भएको छ ।

नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पानी पिउन उठेकाबेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए ।

श्रेष्ठलाई उपचारका लागि कोगाह्रस्थित सेन्ट जर्ज अस्पतालमा उपचारको क्रममा बिहान ६ बजे निधन भएको हो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।

दुर्गा अधिकारीको डिपेन्डेन्ट भीजामा आएका श्रेष्ठ कोर्गाहामा बस्दै आएका थिए ।

यसैबीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल लैजाने प्रक्रिया सुरु भएको छ । शव नेपाल लैजानका लागि आवश्यक सहयोग जुटाउन पोखरा समाजका अध्यक्ष राजु अधिकारीले अपिल गरेका छन् ।

सहयोगदातालाई श्रेष्ठकी पत्नी दुर्गा अधिकारीको निम्न बैंक खातामा रकम संकलन गर्न अपिल गरिएको छ ।
दुर्गा अधिकारी
BSB-062-948
AC- 16462730

Leave a Reply

Your email address will not be published. Required fields are marked *