बेलायतको रेडिङमा सिटी एक्सप्रेस उद्घाटन

लण्डन । विगत १३ बर्ष देखि मनी एक्सचेन्जको कारोवार गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेडिङ्ग सहरमा आफ्नो कार्यालय स्थापना गरेको छ । गत आइतबार २१ अप्रिलका दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले रिबन काटी सो कार्यालयको उद्घाटन गरेका हुन् । विदेशमा कमाएको धन सुरक्षित र सरल तरिकाले नेपाल पु¥याउने उद्देश्यका साथ सो एक्सप्रेसले बेलायतमा आप्mनो कार्यालय स्थापना गरेको हो । कार्यक्रममा नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आशनबाट बोल्दै, ‘सिटी एक्सप्रेसले रेडिङ्गका नेपालीहरुलाई मात्र होइन बेलायतका समग्र नेपालीहरु माँझ आपूले कमाएको पैसाको केही अंश नेपाल पठाउन शुरु गरेको वैधानिक बाटो आफैमा महत्वपूर्ण कुरा हो’ भन्दै उनले आपूmले नेपाली राजदूतको हैसियतले ‘दुई देशबीचको सम्बन्ध अभिवृद्धि गर्नुका साथसाथै नेपालको आर्थिक र सामजिक क्षेत्रमा कसरी योगदान गर्न सकिन्छ भन्ने बिषय पनि आफ्नो  प्राथमिकता भित्रको कुरा भएको बताए ।
साथै, उनले अवैधानिक रुपले यहाँबाट नेपाल र नेपालबाट यहाँ पैसा पठाउँदा ठगीको घटनाहरु धेरै सुन्नामा आएको बताउँदै दूतावासले जहिले पनि वैधानिक बाटोलाई समर्थन गर्ने बताए । सो अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टन्डनले ‘जहाँ नेपालीहरु छन् त्यहाँ सिटी एक्सप्रेस पुग्ने गरेको छ’ भन्दै प्रमुख अतिथि डा. सुवेदी लगायत संघसंस्थाका प्रतिनिधि र सिटी एक्सप्रेस युके टिमलाई धन्यवाद दिए । उनले आपूmहरुले वैधानिक रुपमा सरल र सहज तरिकाले नेपाल पैसा पठाइरहेको बताउदै कुल रेमिट्याम्सको २० प्रतिशत सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा भित्रिने गरेको पनि जनाए । त्यस्तै, सिटी एक्सप्रेस जापानका प्रवन्ध निर्देशक महेश श्रेष्ठले हुन्डीमार्फत नेपाल पैसा पठाउदा देशको अर्थतन्त्रमा पुग्ने असर बारे बोल्दै आपूmहरुले केही बर्ष अघि जापानमा सिटी एक्सप्रेस स्थापना गरी वैधानिक र सहज रुपमा नेपालमा पैसा पठाउन थालिएको जनाए । सो अवसरमा रेडिङ नेपाली समाजका अध्यक्ष टेक बहादुर गुरुङले वैधानिक रुपमा पैसा नेपाल पठाउन शुरु गरेकोमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई धन्यवाद दिए । त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीले ‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ नारा सहित वैधानिक रुपमा सामुदायमा सेवा राष्ट्रलाई टेवा दिने उद्देश्यका साथ सेवा आरम्भ गरेकोमा सिटी एक्सप्रेस टिमलाई बधाई दिए । कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेका प्रवन्ध निर्देशक करम गुरुङले प्रमुख अतिथि नेपाली राजदूत डा. सुवेदी लगायत सबै अतिथिहरुलाई उपस्थितिका लािग धन्यवाद दिए । उनले लामो समयको अभ्यास पछि युकेबाट वैधानिक रुपमा नेपाल पैसा पठाउने माध्यमको रुपमा सिटी एक्सप्रेस स्थापना गर्न सफल भएको बताए । उनले वैधानिक रुपमा सरल र शुलभ तवरले नेपाल पैसा भित्रिदा नेपालको विकासमा धेरै थोरै राजश्व संकलन हुने विश्वास व्यक्त गरे ।
सिटी एक्सप्रेसको बेलायतमा कार्यालय स्थापना गर्नका लागि नेपालबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन, उपाध्यक्ष डोलराज शर्मा र सिटी एक्सप्रेस जापानका प्रवन्ध निर्देशक महेश श्रेष्ठ जापानबाट लण्डन आएका थिए । सो सिटी एक्सप्रेस बेलायतको टिममा कृष्ण गुरुङ र प्रसाद तामाङ्ग समेत रहेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेडिङ्गमा आफै गई वा सम्पर्क गरी वा वेभसाईट तथा मोबाईल एप्समार्फत रकम नेपाल पठाउन सकिने छ । उक्त पठाइएको रकम नेपालका विभिन्न बैंक, सहकारी संस्था र करिब ७००० स्थानबाट सोही दिन पैसा लिन सकिने सिटी एक्सप्रेस युकेका प्रवन्ध निर्देशक करम गुरुङले जानकारी दिए । रेडिङ सहरको भिक्टोरिया स्ट्रीटमा स्थापना गरिएको उक्त उद्घाटन कार्यक्रमलाई स्नेहा गुरुङले संचालन गरेकी थिईन् । सो अवसरमा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको समेत विशेष उपस्थिति रहेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *