सुनसरी, २८ असार । कागजपत्रबिना १४ जना बालकलाई भारतको देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा प्रहरीले चारजना लामालाई नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिका–८ बसपार्कमा आइतबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट धरानतर्फ जान लागेको ना५ख ५५८० नम्बरको बसलाई जाँच गर्दा आठदेखि १३ वर्ष उमेर समूहका १४ जना बालकलाई बिना कागजपत्र भारतको देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बालकलाई शिव नेपाल बालआश्रम विराटनगरमा पठाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बालकलाई भिक्षु पढाउने भनी भारततर्फ लैजाने पक्राउ






