मञ्चमा डाक्टर बन्ने युवाको प्रेम कहानी

काठमाडौं, २८ आषाढ । असारे झरिले राजधानीलाई हिलाम्मे बनाइराखेको छ, तर एक हुल जमात काठमाडौको सर्वनाम थिएटरमा भर्ती हुने तयारी गर्दैछन । प्रसंग हो नाटक ‘रोल नं. १’ को । सर्वनामले नियमित संचालन गरिरहेको रंग प्रशिक्षणमा सहभागी भएर स्वय प्रशिक्षार्थीहरुले तयार पारेको यो नाटकमा प्रकाश सानै देखि पढाइमा अब्बल हुन्छ र उसको चाहना डाक्टर बन्ने हुन्छ ।
कलिलो उमेरमै रोगले थलिएर आमा गुमाउनु परेपसछि उसको मस्तिष्कमा, डाक्टर बन्ने र गरिब विरामीको सेवा गर्ने हुन्छ ।
विद्यालयको नमुना विद्यार्थी गाउँको असल ठिटो एकाएक प्रेममा पर्छ ।
प्रेमिकाको परिवारले ब्रिटिस लाहुरेसंग मात्र विहे गदिने भएपछी, प्रेमिका पाउने आशमा उसका सपनाहरु मोडिन्छन ।
प्रेमिका गुमाउनु पर्ने डरले भित्रभित्रै उसलाई उकुसमुकुस बनाउंछ र आफ्नो सानै देखिको डाक्टर बन्ने सपना विर्सीएर भर्तीको तयारीमा लाग्छ । किशोर अवस्थामा प्रेममा परेपछि प्रकाशले गरेको अपरिपक्क निर्णय आखिरमा असफल हुन्छ र उ मानसिक रोगी बन्न पुग्छ ।
फिजिकल थिएटरलाई पनी प्रयोगमा ल्याइएको यो नाटकमा विच विचमा राखिएका विम्वात्मक प्रस्तुतिले दर्शकलाई बाधेर राख्ने काम गरेको छ ।
प्रशिक्षार्थी समुहकै लेखन तथा निर्देशन भएको यो नाटकमा आभा नेपाल, अर्पण बस्नेत, विवेक आर्चाय, बसन्त पोखरेल, डिलाराम भागवत सापकोटा, दिपेन्द्र कडरिया, नवराज खड्का, प्रवेश पौडेल, प्रणव आकाश, परिक्षित विक्रम राणा, राजेश घिमिरे, रेशम पुन, रामकृष्ण तिमिल्सिना, रुपेन्द्र सिवाकोटी, सुजल श्रेष्ठ लगायतको अभिनय रहेको यो नाटक साउन २ गते सम्म बिहीबार बाहेक हरेक दिन ५ः१५ बजे सर्वनाम थिएटरमा मञ्चन हुनेछ ।
नाट्यकर्मलाई मात्र नभएर नाटय प्रशिक्षणलाई पनी उत्तिकै प्राथमिकतामा राखेको सर्वनामले आफ्नो सातौं ब्याच सकाएको छ ।
हरेक तिन तिन महिनामा नाट्य प्रशिक्षण कार्याशाला राख्ने सर्वनामले आगामी साउनको दोस्रो हप्तादेखि पुनः अर्को प्रशिक्षण सुरु गर्दैछ ।