बेलायतमा निर्माण गर्ने गल्कोट हाउसको रकम जुटाउने कार्य सुरु

लण्डन । गल्कोट समाज यूकेले बेलायतमा निर्माण गर्ने लक्ष्य लिएको गल्कोट हाउसको लागि रकम जम्मा गराउने कार्य सुरु गरिएको छ ।

गल्कोट हाउसको लागि अहिलेसम्म डेढ लाख पाउण्ड भन्दा बढिको सहयोग प्रतिबद्धता आइसकेको छ । जसबाट जुलाई महिनाको अन्त्यमा आयोजना हुने संस्थाको वार्षिक भेलाअघि ६० हजार पाउण्ड खातामा जम्मा गराइसक्ने योजना बनाइएको छ ।गल्कोट समाज यूकेले ३ देखि ४ लाख पाउण्डको लगानीमा बर्मिंगहम क्षेत्रमा आफ्नो भवन निर्माणको लक्ष्य बनाएको छ ।

जसको लागि डा पुष्प उप्रेतीको नेतृत्वमा अहिले डिपिआर निर्माणको कार्य भइरहेको छ । भवनको लागि आवश्यक रकम संकलनको कार्य पनि च्यारिटी दर्ताको प्रक्रिया अघि बढे संगै हाउसको लागि सहयोग प्रतिबद्धता गर्ने दाताहरुबाट सहयोग रकम बैंक खातामा जम्मा हुन थालिसकेको समाजका अध्यक्ष राजु कँडेलले जानकारी दिए ।

यसैबीच समाजले आफ्नो वार्षिक भेलाको कार्यक्रम जुलाई २९ तारिखका दिन बर्मिंगहमको ओल्डवरीस्थित स्यामसन ब्यांकेटिंगमा आयोजना गर्दैछ ।

कार्यक्रमको लागि नेपालबाट राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार समेतलाई ल्याउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *