एनआरएन यूकेको उपाध्यक्षमा कँडेलले गरे दाबी, के छन् उनका योजना ?

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी अधिवेशनमा व्यवसायी फूलप्रसाद कँडेलले २०१९–२०२१ को कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

विगत लामो समयदेखि एनआरएन यूकेलाई नजिकबाट हेदै  कँडेल  विभिन्न संघसंस्थामा आबद्ध छन् ।

बाग्लुंग समाजको आजीवन सदस्य हुँदै चित्तवन समाज यूके (क्याट )का आजीवन सदस्य, पशुपतिनाथ मन्दिर लन्डनका आजीवन सदस्य, ब्यूकोट हेल्प् नेटवर्कका सल्लाहकार हुनुहुन्छ । एनआरएन यूकेको सदस्यता विस्तार अभियानमा महत्वपूर्ण सहयोग गर्दै आउनु भएका कँडेलले एनआरएनलाई सक्षम र योग्य शावित गर्नको लागि आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिएका छन् ।

कँडेलले हालका उपाध्यक्ष प्रेम गाहा मगरले गरेका घाइतेहरु र अपाङ्गहरुको सहयोगका लागि गरिएका जस्ता बृहद च्यारिटी कार्यक्रम प्रोजेक्ट हरुले आफुलाई एनआरएन युकेमा रहेर काम गर्ने प्रेरणा मिलेको समेत बताए ।

बागलुङ जिल्ला अग्रल सिले निवासी कँडेलले  बेलायतमा रेस्टुरेन्ट व्यवसाय गरेर विगत १५ वर्षदेखि बस्दै आएका उनी हाल एनआरएन यूकेको साधारण सदस्य छन् ।

एनआरएन यूकेको अधिवेशन आगामी सेप्टेम्बर १४ मा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *