एन आर एन यूकेको प्रेस बिज्ञप्ति :
आदरणीय सम्पूर्ण गैर आबासिय नेपाली महानुभाबहरु,
एन आर एन यूकेको १२/०७/२०१५ को कार्यसमितिको बैठकको निर्णयले बेलायतको राष्ट्रीय परिषदमा पहिला निर्णय गरिएको महाधिबेशनको मितिलाई धेरैजसो सदस्यहरुको अनुरोधमा समय अबधि बढाउन माग गरिएको हुँदा सर्बासम्मतिले २ हप्ता पछिसार्दै २० सेप्टेंबर २०१५ आइतबारको दिन साउथ ईस्ट लन्दनमा सम्पन्न गर्ने निर्णय गरिएको हुँदा सोही अनुसार सदस्यता बन्ने र नबीकरण गर्ने समय सीमालाई पनि सदस्यहरुको अनुरोधमा पर सारी १५ अगस्त ,२०१५ साझ ६ बजे सम्म तोकिएको बयोहरा सम्बंधित सबैमा अबगत गराउंदछौ ।
एनआरएन यूकेले डा. राघव धितालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा एनआरएन यूकेका पूर्व महासचिव रामशरण सिंखडा सदस्यसचिव तोकिएका छन । सदस्यहरुमा भने डा चन्द्र लक्सम्बा, विश्वआदर्श पण्डित, भक्त गुरुंग, पुर्ण लक्सम र शिवजी श्रेष्ठ छन ।
संरक्षक परिषदका सबै सदस्य र बेलायतबाट आईसिसीमा प्रतिनिधीत्व गर्ने सबै सदस्य सम्मिलित अनुगमन समिति पनि गठन गरिएको छ । बैठकले प्राध्यापक डा. सुर्य सुवेदीको संयोजकत्वमा इलेक्सन कम्प्लेन्ट्स कमिसन पनि गठन गरेको छ ।जसमा डा. पदम सिंखडा, राजु थापा,डा. हेमराज शर्मा, जया राई, सुरेशजंग शाह, हितमान गुरुंग, सुमन खरेल, उमेश मोक्तान र नरेन्द्र कंडेल सदस्य रहेको सो कमिसनले सदस्यतासम्बन्धी कुनै पनि गुनासो र उजुरीबारे छानबिन गर्नेछ ।
त्यस्तै बैठकले गणेश इजामको संयोजकत्वमा विधान संसोधन समिति पनि बनाउने निर्णय गरेको छ जसमा फणिन्द्र भट्टराई र उत्तरमान तिगेला सदस्य छन ।
केहि दिन पहिले सार्वजनिक गरिएको कमल गुरुंग नेतृत्वको आर्थिक छानबिन समितिको प्रतिवेदनलाई बैठकले अपुरो ठहर गरेको छ ।सो प्रतिवेदन अपुरो रहेको तथा ढिलो गरी र प्रक्रिया नपुरयाएर सार्वजनिक गरिएको भन्दै यसलाई पुर्णता दिन लेखापरिक्षकको जिम्मा लगाउने निर्णय भएको छ । त्यस्तै बैठकले निवर्तमान अधयक्ष योगेन क्षेत्रीलाई अगस्ट १५ सम्मको समयसीमा दिदै खातापाता बुझाउन निर्देशन दिएको छ । क्षेत्रीले सो समय सीमासम्म पनि खातापाता नबुझाए उनलाई एनआरएन यूकेको संरक्षकबाट स्वोत: हटने निर्णय समेत गरिएको छ ।
महासचिब आर के त्रिपाठीलाई नेपालमा हुने सिस्मिक डिजाइन अर्थक्वेक मॉडल(Sesmic Design Earthquake Model, Research Presentation) बेलाय को रिसर्च प्रस्तुत गर्न ३ हप्ता को लगी नेपाल पठाउने र नेपाल मा भबन बिभाग, इंजीनियर्स एसोसिएशनको प्रबिधिकहरुसंग प्रस्तुत गर्ने निर्णय गरियो, साथै महाबिनाशकारी भूकमको मार मा पर्नुभएका कार्यसमितिका सदस्य बुद्धि थापा मगरको अनुरोधमा £२०००.०० संकलन गरी मिलान टोल सुधर समिति मार्फ़त घरहरु क्लियर गर्न आर्थिक सहयोग गर्ने निर्णय गरियो ।
बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरुसंगै आईसिसी सदस्यहरु शुस्मा राई, विनोद ज्ञवाली, थर्क सेन र बिजन भट्ट लगायत उपस्थित सबैलाई अध्यक्ष महेन्द्र कंडेलले हार्दिक धन्यबाद दिदै बैठक बिसर्जन गर्नु भयो ।
धन्यबाद !
भबदिय,
महेन्द्र कंडेल आर के त्रिपाठी अर्जुन कटुवाल
अध्यक्ष महासचिब प्रबक्ता
एन आर एन यूके
१२/०७/२०१५






