नटिङ्घमका नेपालीलाई नचाए चर्चित कलाकार,विशाल,अस्मिता र रेशमले,

लण्डन । नेपाली समाज नटिङ्घमले चर्चित नेपाली कलाकारहरुको साथमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सोमवार समाजले नटिङ्घममा बेलायतको साँगितिक यात्रामा निस्केका चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी,गायक विशाल रायमाझी, रेशम निर्दोष लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका संस्थापक अध्यक्ष रण बहादुर केशी र अध्यक्ष रविन्द्र शर्माले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । दोहोरी क्षेत्रमा नेपालकै गायिका मध्ये एक उच्च चर्चा कमाएकी गायिका अस्मिता दल्लाकोटीको साँगीतिक प्रस्तुतीमा उपस्थित दर्शकहरु निकै चाखका साथ कार्यक्रममा रमाएका थिए ।
त्यस्तै चर्चित गायक रेशम निर्दोषको प्रतुतिमा हलमा उपस्थित सम्पूणर् दर्शक उफ्रिउफ्री नाचेर मनोरञ्न लिएका थिए भने गायक विशाल रायमाझीले आफ्नो प्रस्तुती दिँदै आफुसगैं दर्शकलाई पनि खुबै नचाएका थिए ।
सोही अवसरमा कार्यक्रम सफल पार्न सहयोग गर्ने संस्थापक कार्यकाल देखी वर्तमान कार्यकालका सम्पूणर् पदाधिकारी र संस्थाका सम्पूणर् आजीवन सदस्य, साधारण सदस्य तथा कार्यक्रममा उपस्थित दर्शकहरुलाई नेपाली समाज नटिङघमका अध्यक्ष रविन्द्र शर्माले आभार प्रकट गरे ।
कार्यक्रममा नेपाली समाज नटिङघमका पूर्व अध्यक्ष ट्रस्टी तथा एनआरएनए यूकेका उपाध्याय गोविन्द शर्मा खरेल, संस्थाका पूर्व अध्यक्ष तथा एनआरएनए यूकेका सचिव बिष्णु चालिस संस्थाका पुर्ब ऊपध्यक्ष तथा साझा समाज युके उपाध्यक्ष कृष्ण खराल, संस्थाका पुर्ब महासचिव डीलाराम गौतम, पुर्ब उपाध्यक्ष शम्भु अर्याल, र आईतबहादुर लिम्बु,पुर्ब संरक्षक लाल बहादुर थापा, पुर्ब कोषाक्ष्यक्ष देवीमॉया लिम्बु नटिङघम महिला समुहकी अध्यक्ष कल्पना गुरुङ, निबर्तमान अध्यक्ष अर्चना हमाल, निबर्तमान अध्यक्ष गीता भट्टराई, सचिव बिष्ण खराल लगायत संस्थाका पूर्व कार्यसमितीका पदाधिकारी सहित २०० भन्दा बढी दर्शककोे उपस्थिति रहेको थियो । कार्यक्रम लाई व्यावस्थित बनाउन संस्थाका २ उपाध्यक्षहरु मुकुन्द खराल , गंगा ढकाल , र कोषाध्यक्षहरु बीरेन्द्र खड्का रविन्द्र गिरी लगायत सम्पूर्ण कार्यसमितिको ठुलो भुमिका रहेको कार्यक्रममा राफलको लागी पुर्ब सचिव यामलाल सापकोटा निबर्तमान सदस्य कुमार भुजेलले चिट्ठा बिक्रीमा सहयोग गरेका थिए । संस्थाका अध्यक्ष शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ अधिकारीले गरेका थिए ।स्वादिष्ट खानाको व्यवस्था रामजी सापकोटा तथा गोपिराज गिरीले गरेका थिए ।
कलाकारद्धय दल्लाकोटी र रायमाझीको यस्तो छ सागींतिक चिनारी
पछिल्लो समयमा लोक सांगीतिक क्षेत्रमा उदायमान कलाकारको रुपमा स्थापित हुँदै गरेका कलाकारद्धय लोक दोहोरी क्षेत्रमा चर्चित छन् । अस्मिता डल्लाकोटी दोहोरी च्याम्पियनमा प्रतिष्प्रधीको रुपमा सहभागी भएपश्चात एकाएक चर्चाको शिखरमा छिन् । उनी खरो दोहोरी गायिकाको रुपमा चिनिन्छिन् । भने दिलमा बसेकी,मुस्किल छ लगायतका गीतहरु उनका चर्चित छन् । त्यस्तै लोक गायक विशाल रायमाझी पनि लोकसगींत क्षेत्रको चर्चित नाम हो ।
सांगीतिक पारिवारिक वातावरण हुर्किएका रायमाझीका पूर्वै धरान,मुटुकी टुकुरी,चिया सस्तो छ लगायतका गीतहरु चर्चित लोकगीतहरु हुन् ।कलाकारद्धय रायमाझी र डल्लाकोटी नटिङहम नेपाली समाज युकेको निमन्त्रणमा बेलायत आई पुगेका हुन् ।