काठमाडौँ । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ ।
नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार शर्माको ८७ वर्षको उमेरका मंगलबार बिहान निधन भएको हो ।
१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए ।
उनले लेखेका ‘बेलायतीर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन् । उनले ‘घनघस्याको उकालो काट्ता’ बाट नियात्रा लेख्न शुरु गरेका थिए । उनको पार्थिव शरिरको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिनेछ ।






