लण्डन । बेलायतवासी गल्कोटेहरुको सातौ वार्षिक भेला तथा भेटघाट कार्यक्रम आगामी जुलाई २४ तारिख सोमबार मिडल्यान्डको बर्मिङहममा हुने भएको छ । भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

गल्कोट सम्माज युकेको अप्रिल ९ आइतबार जुम मार्फत समाजका अधक्ष्य श्री भोजराज कडेलको अधक्ष्यता बसेको कार्यसमितिको बैठकले आगामी जुलाई २४ तारिक सोमबारका दिन बिगतका बर्षमा जस्तै गर्दै आइरहेको बार्षिक भेला तथा भेटघाट कार्यक्रम मिडल्याण्डको बर्मिग्हम सहरमा भब्य रुपमा गर्ने निणय गरेको समाजका महा सचिब बिष्णु चालिसेले लन्डन नेपाल न्युज लाइ बताए ।
यो बर्ष महा अधिबेशनको बर्ष पनि भएकोले बार्षिक भेला हुनु भन्दा एक महिना पहिला जुन महिनामा सदस्यता नबिकरणको सबै काम गर्ने गरि बेलायतका विभिन्न सहरहरुमा उपाअधक्ष्यको संयोजकत्वमा कार्यसमितिका सदस्यहरुलाई जिम्मेबारी पनि तोकिएको उनले बत्ताए
तदानुसार
Birmingham and West Bromwich
एरिया संयोजक साथै उपाअधक्ष्य चन्द्र साहानी र सस्थाका सल्हाकार सुरेस भण्डारी
Nottinghamshire – उपा अधक्ष्य डिलाराम गौतम र,महा सचिब बिष्णु चालिसे र कोषाध्यक्ष लाल थापा
Leicester and Milton keynes – निबर्तमान अधक्ष्य साथै बर्तमान सल्हाकार राजु कडेल र कर्यसमिती सद्स्य सुरेस परियार
Cambridge and peterbrough भवन समिति संयोजक डा पुस्पा उपरेती र दल बुढाथोकी wolverhampton – कोषाअधक्ष्य गंगा गौतम
मुक्ति सुबेदी
Swindon – भवन समिति सचिब , धन बुढाथोकी असोक बुढाथोकी
London and welsh – एरिया संयोजक साथै उपा अधक्ष्य डिलाराम गौतम , एरिया संयोजक सचिब राजु सापकोटा।
Scotland and northern ireland –
उपा अधक्ष्य साथै संयोजक गोबिन्द कडेल , सस्थापक अधक्ष्य रेशम बुढाथोकी , सचिब सुजन गौतम
गल्कोट समाजले सदस्यता नबिकरण साथै नया सदस्यता लिनको लागि सुलभ सजिलो पार्दर्शिक हुने भयकोले आगामी समयको लागि अनलाइन मार्फत हुने सुबिधा पनि गरेको छ यसको लागि गल्कोट समाज यु केको Webside www.galkotsocietyuk.org मा गइ आपनो विवरण राख्नु पर्ने हुन्छ सदस्यता शुल्क निम्न अनुसार रहेको छ ।
२ बर्षको लागि £12.00
आजिवन सद्स्यको लागि £200.00
सदस्यता प्रमाणीकरणको जिम्मा समाजका सचिब श्री सुजन गौतम लाइ दिएको छ 
गल्कोट समाज यु केले आयोजना गर्ने बार्षिक भेला साथै भेटघाट कार्यक्रममा बेलायत बासि गल्कोटे मात्र नभई गैर गल्कोटेहरुको पनि बाक्लो उपस्थिति रहदै आयकोले यस बर्षको कार्यक्रमको लागि बिगतका बर्ष जस्तै उपस्थित भै दिनको लागि पनि निमन्त्रणा गरेको छ भने बिगतका बर्षमा जस्तै मिडाल्न्याण्ड रहेका सबै संघ सस्था संग सधै साथ सहयोगका साथ मिलेर कार्यक्रम गर्ने गरेकोकोले यस बर्षको भेटघाट साथै बार्षिक कार्यक्रमको लागि पनि अग्रिम जानाकारी गराउदै निमन्त्रणाको पत्राचार गर्न समाजका महासचिब बिष्णु चालिसे लाइ जिम्मा दिएको छ |
कार्यक्रम ब्याबस्थपन तथा समयोजक साथै कलाकारको जिम्माको आगामी मे महिना हुने बैठकले निणय गर्ने बारेमा महा सचिब बिष्णु चालिसेले लन्डन नेपाल न्युज लाइ बताए ।






