अबु होमामको हत्या

सिरियाको चरमपन्थी संगठन अल नुसराका प्रमुख अबू होमाम अल शामीको हवाई हमलामा मृत्यु भएको छ । सो संगठनले सामाजिक सन्जालमार्फत् अबु होमाम सहित चार जनाको मृत्यु भएको पुष्टि गरेको छ । कुन ठाउँमा भएको हमलामा उनीहरुको मृत्यु भएको भन्ने खुलाइएको छैन । तर, समाचार एजेन्सी रोयटर्सले टर्कीको सीमा क्षेत्र सालकिन शहरमा उनीहरु मारिएको उल्लेख गरेको छ । नुसरा सिरियाका राष्ट्रपति बसर अल असादलाई सत्ताबाट हटाउन संघर्ष गरेका विपक्षी फौजहरु मध्येको सबैभन्दा बलियो संगठन मानिन्छ ।