काठमाडौं– पूर्व राजकुमारी प्रेरणा सिंहलाई पक्षघात भएको छ ।
पक्षघात भएपछि उनलाई शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको छ । प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितमा बिस्तारै सुधार आइरहेको स्रोतले बताएको छ ।
३९ वर्षीया पूर्व राजकुमारी बिरामी भएर अस्पताल भर्ना भएसँगै उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्व राजपरिवारका सदस्यहरु अस्पताल पुगेका छन् ।






