
गृह जिल्ला रुकुममा भएको कार्यक्रममा मन्त्री पुनले चीनबाट पनि तेल ल्याउने कुरामा नीतिगत तथा व्यावहारिक छलफल तीव्र गतिमा अगाडि बढिरहेको र अबको एक साताभित्रै नेपालमा आपूर्ति सहज हुने बताए ।
नेपालको संविधानमा भएका व्यवस्था तराईका जनताले राम्रोसँग अध्ययन गरे मधेस आन्दोलन आफैँ अन्य हुने उनको भनाइ छ । आपूर्तिमन्त्री पुनले भारतको अघोषित नाकाबन्दीका कारण भएको इन्धनलगायतका अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा वितरण व्यवस्था छिट्टै पुरानो अवस्थामा फर्कने बताए ।






