ओएनएफ युकेको दशैं तिहार शुभकामना उद्घाटन गर्न राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना लण्डनमा

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेको दशैं तिहार शुभकामना साँझ उद्घाटनको लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र पुष्प तिमल्सिना बेलायत आएका छन् ।

सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिना र पुष्प  तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, ओएनएफ  युके अध्यक्ष तुंग भद्र भुसाल, दुतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका हुन् । 

तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरु बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतका नेताहरु एयरपोर्ट गएका थिए । 

तिमल्सिनाद्वय आज सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । 

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पुर्ण बैठकले आज १७ अक्टोबर दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । 

शुभकामना साँझमा नेपालीबाट आएका कलाकारहरुसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनायो । 

प्रवासमा रहेर पनि नेपालमै झै शुभकामना आदानप्रदान गर्न बेलायतवासी नेपालीलाई ओएनएफले चुल्है निम्तो दिएको छ ।