सिड्नी । नेपालीहरुका महत्वपूर्ण चाडपर्वको अवसर पारेर पोखरा समाज अस्ट्रेलियाले चियापान तथा भेटघाट र शुभकामना आदान प्रदान गर्ने भएको छ ।
विजया दशमी, शुभ दिपावली, नेपाल सवंत् र छठ पर्वको अवसर पारेर समाजले यही अक्टोबर २३ तारिख शनिवार मुग्लान रेष्टुरेण्ट रेक्डेलमा कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष तारा गुरुङले जानकारी दिए ।
चाडपर्वहरुको बेला सबै भेटघाट र जमघट गरी एक आपसमा शुभकामना तथा सुख दुख साटासाट गर्ने र रमाईलो गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको गुरुङको भनाई छ ।
कार्यक्रमकै अवसरमा पोखरा समाज अस्ट्रेलियाले गरिरहेका विभिन्न गतिबिधिहरुको बारेमा समेत जानकारी गराईने बताईएको छ । कार्यक्रममा उपस्थितिका लागि समेत गुरुङले सबैसगं आग्रह गरेका छन् ।







