अष्ट्रेलियामा नेपाली युवाहरुले बनाएको सर्ट मूभी फिल्म अवार्डको मनोनयनमा, यसरी भोट गर्न सकिने

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा नेपालीहरुले बनाएको सर्ट मूभि ‘द लास्ट फाइट’ फोकस अन एबिलीटी नामक फिल्म फेस्टिबलमा सर्ट फिल्म अवार्ड्समा मनोनयनमा परेको छ ।

पछिल्लो समय बढ्दै गइरहेको आत्महत्या गर्ने समस्यासँग सम्बन्धित गराइ तयार गरिएको उक्त मूभीमा आत्महत्या गर्नुअघिको मनोभावना प्रस्तुत गरिएको छ । फरक क्षमता भएका मानिसहरु शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा अपाङ्ग हुने कुरालाई स्थान दिइएको उक्त फिल्ममा मृत्यु रोज्न बाध्य भएका मानिसहरुको दिमागमा आउने कुराहरु लाई आकर्षक रुपले प्रस्तुत गरिएको छ ।

उक्त मूभीमा एकै व्यक्ति क्यारेक्टर छ, जसमा आत्महत्या गर्ने र आत्महत्या नगर्ने दुवै किसीमका विचारहरु उसको दिमागमा आउँछ । जसमा सकारात्मक पक्षले जित्छ । करिब ५ मिनेटको उक्त मूभीमा समाजमा आत्महत्याका घट्नाहरु बढ्दै गइरहेको अवस्थामा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

निर्देशन तथा उत्पादन विकेशलाल श्रेष्ठले गरेको उक्त फिल्ममा आरोग्य पोखरेल एक्टर रहेका छन् भने लेखन सुबोध घिमिरेले गरेका हुन् । राकेश महर्जनले छायांकन गरेको उक्त मूभीमा कलर ग्रेडिङ्गको काम गौरव खरेलले गरेका छन् ।

श्रेष्ठले उक्त मूभी आफ्नो डेब्यू रहेको बताए । उनले भने, व्यवसायिक रुपमा पहिलो पटक गरेको सर्ट मूभी हो, यसमा धेरै साथीहरुको पनि सहयोग छ ।अनलाइन मतदानबाट सर्ट मूभी, बेस्ट डिरेक्टर, बेस्ट एक्टर लगायतको सम्मान प्रदान गरिने बताइएको छ । फोकस अन एबिलीटी नामक फिल्म फेस्टिबलमा सर्ट फिल्म अवार्ड्समा मनोनयनमा परेको यो पहिलो नेपाली चलचित्र हो ।

उक्त चलचित्रमा विहिबारबाट भोटिङ्ग शुरू भएको छ । आजबाट वेभसाइटमा भोट गर्न सकिने उनीहरुले बताएका छन् ।

भोट गर्न यहाँ क्लिक गर्न सकिनेछ ।