बेलायतमा नेपाली चेली प्रसुना २० हजार भोटले अगाडी

prasunna

लण्डन । बेलायतमा आयोजना भएको एक अन्तर्राष्ट्रिय स्तरको मोडलिंग प्रतियोगितामा भाग लिएकी एक नेपाली चेली अनलाईन भोटिंगका आधारमा अग्रस्थानमा देखिएकी छन ।

रुल दी यूके मोडलिंग प्रतियोगिताकी प्रतिस्पर्धी प्रसुना कंडेलले अहिलेसम्म अरु प्रतिस्पर्धीले भन्दा ठूलो अन्तरले बढि भोट प्राप्त गरेकी छिन ।

शनिबार बिहानसम्म प्रसुनाले ४१,००० भोट प्राप्त गरेर एक नम्बरमा रहंदा दोस्रो नम्बरकी प्रतिस्पर्धीको भोट २१ हजार मात्रै छ । अनलाईन भोटिंग जनवरी महिनाको ४ तारिख सम्म खुला रहने भएको प्रसुनाको जीतको लागि अझै पनि निरन्तरको भोटिंग आवश्यक छ ।

उनका अनुसार प्रत्येक दिन र विभिन्न आईपीबाट पनि उनलाई भोट गर्न सकिन्छ ।

पेशाले नर्स उनी नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष हुन् । तर, पछिल्लो समय समाजसेवामा उनको संलग्नता बढेर गएको छ ।

भूकम्प लगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो । उनले धादिङ मारपाक गाउंका एक भूकम्प पीडित ९ वर्षीय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी लिएकी छिन् । नेप्लिज वुमेन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर यूकेमा महासचिवको जिम्मेवारी लिइरहेकी उनी केही समयअघिमात्र बेलायतको एउटा अनलाइन पोर्टलको छनोटमा टप टेन भित्र परेकी थिइन् ।

भोटिङका लागि तलको लिंकमा जानुहोस् 

https://www.facebook.com/RuletheRunwayUK/?sk=app_451684954848385&brandloc=DISABLE&app_data=view-vote%2Cfor-11248943&__mref=message