न्यूयोर्क – अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई) की एजेन्टले अतिवादी मुस्लिम समुह (आइएस) का लडाकुसँग विवाह गरेको रहस्योद्घाटन भएको छ ।
जर्मनीका आइएस लडाकुको गुप्तचरी गर्ने जिम्मा पाएकी एफबिआई एजेन्ट तथा अनुवादकले आफैंले अनुसन्धान गरेको लडाकुसँग विवाह गरेको अमेरिकी अदालतले खुलासा गरेको हो ।
लडाकुको प्रेममा फसेपछि तीन बर्षअघि उनले सिरिया पुगेर विवाह गरेकी थिइन् ।
जर्मन जाने बहानामा सिरिया
डेनिला ग्रिनले सहकर्मीलाई दिएको बयानअुसार सन् २०१४ मा अभिभावकलाई भेट्न जर्मन जाने बहानामा उनी टर्की पुगिन् र सीमा पारगर्दै सिरिया पुगेर विवाह गरिन् । तर ती लडाकुको पहिचान खोलिएको छैन । तर सीएनएनका अनुसार ती लडाकु जर्मनका कुख्यात डेनिस कसपेर्ट थिए ।
ग्रिनले विवाह गरेका कसपेर्टलाई अमेरिकाको विदेश मन्त्रालयले सन् २०१५ को सुरुमा अतिवादीको सूचीमा राखेको थियो ।
पछि पश्चाताप
उनले २०१४ को जुन २७ मा विवाह गरेकी थिइन् । तर विवाह गरेको केही सातापछि पछुताउँदै भागेकी थिइन् । उनी अहिले ३८ बर्ष पुगेकी छन् ।
ग्रिनले भनिन्, ‘वास्तवमा मैले धेरै नै गडबडी गरेँ’ २०१४ को जुलाईमा आफ्ना एक साथीलाई आइएस नियन्त्रित क्षेत्रबाट पठाइएको इमेलमा उल्लेख छ ।






