गायक सुरेशराज पाठकको कमेडी गीत ‘ए काली’ सार्वजनिक (भिडियो)

लण्डन। एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायक सुरेशराज पाठकको नयाँ गीत ‘ए काली’ सार्वजनिक भएको छ ।

गायक पाठक बेलायतमा विगत १५ बर्षदेखि बस्दै आएका छन्।

ए काली बोलको यो गीतको भिडियो रोमान्टिक तथा कमेडीपूर्ण रहेको छ।

बिपिन आचार्यले शव्द तथा संगीत गरेको ए काली बोलको गीत अन्य भन्दा केही फरक भएको गायक सुरेशराज पाठकले बताए

उक्त गीतको म्युजिक भिडियो निर्देशन सुरेश काफ्लेले गरेका छन्।

गीतको म्युजिक भिडियो हेर्नुहोस

https://youtu.be/wn3O3KqTGrA