नमस्ते नेपाली समाज यूकेको अध्यक्षमा बिमल रोक्का निर्बाचित अरु पदमा को को आए ?

लन्डन ।बेलायतको साउथ वेस्ट लन्डनमा बसोबास गर्ने नेपाली हरुको साझा सस्था नमस्ते नेपाली समाजको अध्यक्षमा बिमल रोक्का निर्बाचित भएका छन्।

सेप्टेम्बर २१ शनिबार सम्पन्न सोसाईटीको तेस्रो साधारण सभाले रोक्काको अध्यक्षतामा २ वर्षका लागि ११ सदस्य रहेको नयाँ कार्यसमिति गठन गरेको हो।

यसैगरी नव गठित समितिको उपाध्यक्षमा स्वीसा श्रेष्ठ, महासचिबमा सृजा डंगोल, कोषाध्यक्षमा यदु अर्याल, सचिवमा लूनी चोचुन, सहकोषाध्यमा सुशिल प्रसाई निर्बिरोध चयन भएका छन्।

यसैगरी समितिको सदस्यहरुमा प्रकाश बस्नेत, योगेन्द्र दर्लामी, रोहित पौडेल, पार्वता कुवर र हरी नेपाल रहेका छन् ।

नयाँ कार्यसमितिले आफ्नो सल्लाकार समितिमा होमनाथ पौडेल, बिपिन राज जोशी, दीपक निरौला, रामचन्द्र लम्साल र सुजन उप्रेतीलाई अनुमोदन गरेको छ।

त्यसै गरी कम्युनिटिका संस्थापक अध्यक्ष श्री प्रेम खड्का संस्थाको संरक्षक पदमा चयन भएका छन्।

साधारण सभामा निर्वाचित सबै सदस्यहरुलाई निर्वाचन कमिटिका संयोजक होम नाथ पौडेल, बिपिन राज जोशी र दीपक निरौलाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।

सन् २०१९ मा स्थापित यो सस्थाले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई एकता बद्ध गर्दै संस्थालाई सबल बनाउने जमर्को गरिरहेको नब निर्बाचित अध्यक्ष विमल रोक्काले लण्डन नेपाल न्यूजलाई बताए।