लण्डन । तमुधिं यूकेले शनिवार सांझ रेडिङमा आयोजना गरेको तमु जातीहरुको महान पर्व ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।
तमुहरूले आफ्नो भाषा, संस्कृती र परम्परालाई जगेर्ना गर्न बेलायत मै रहेरपनि निरन्तरता दिएका छन् । कार्यक्रमको उद्घाटन बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री र गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले संयुत्त रुपमा गरेका थिए ।
कार्यक्रममा एनआरएन अध्यक्ष घलेले तमू प्रतिष्ठानका लागि चार जना बालबालिकालाई छात्राबृद्धिका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरे । कार्यक्रम बेलायतको बिभिन्न शैक्षिक संस्थानबाट उत्कृष्ट नजिता ल्याउने विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।
तमुधीं यूकेका अध्यक्ष सूर्जे गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम रडिङमा आयोजना गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री प्रवासमा रंहदापनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्न सम्पूर्ण तमुहरूले खेल्नुभएको भूमिका र कार्यक्रम आयोजना गरीएको माहोल हेर्दा आफु नेपालमै रहेको अनुभूति भएको बताउदै विविधततामा एकता भएको नेपाली समाजमा आपसमा सदभाव, सहअस्तित्व र सहकार्यलेनै समाज रूपान्तरण हुने र कार्यक्रमको भाव सोही अनुरूप भएकोले आयोजकलाई धन्यवाद दिए ।
तमूधी यूकेका महासचिव हरि गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य दिए ।
दोस्रो चरणको कार्यक्रममा कलाकारहरु जुनु रिजाल, राजु गुरुङ, नितु गुरुङले सांगीतिक कार्यक्रम प्रस्तुत गरेर भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा गणेश गुरुङ र कुमारी गुरुङले तमू ल्होछार गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित, एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्षहरु डमर घले, सूर्य गुरुङ, योगेन क्षेत्री, जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, जनसम्पर्क समिति बेल्जियमा सभापति सन्तोष जोशी, यूरोप कांग्रेसका नेता पूर्ण हमाल, एनआरएन आइसीसी सदस्य सोम सापकोटा, तमूधीं यूकेका पूर्वअध्यक्ष लगायत तमुहरूको उल्लेख्य रूपमा उपस्थिती थियो भने अन्य सबै संघ–संस्थाहरूको बाक्लो उपस्थिती थियो ।
https://youtu.be/WOlaTWLX-B8













