प्रधानमन्त्रीले पहिलो मन्त्रिपरिषदले गरेको घोषणा कार्यान्वयन थाले

kp-sharma-oliकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर गिम्दी गाविस वडा नं ९ को सोभानेबेंसीस्थित वाग्मती नदीमा निर्मित झोलुङ्गे पुलको आइतबार उद्‍घाटन गरेका छन् । ओली प्रधानमन्त्री भएपछिको पहिलो मन्त्रिपरिषदले तुइन विस्थापन गर्ने निर्णय गरेको थियो ।

सोभानेबेंसी र मकवानपुर मन्थली गाविस–२को मन्थली जोड्ने सो पुल करिब रु ८२ लाखमा लागतमा निर्माण गरिएको हो । लम्बाइ १३९ मि र चौडाइ डेढ मि रहेको पुल निर्माणमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सस्पेन्सन ब्रिज डिभिजनको सहयोग रहेको छ ।

सो पुलबाट मकवानपुर जिल्लाका शिखरपुर, ठिंगन र मन्थली गाविसका साथै ललितपुर जिल्लाका मानिसहरु लाभान्वित हुने छन् ।