काठमाडौं– गत असोज २७ गते रौतहट सदरमुकाम गौरमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी घाइते भएका शेख मारिुद्दिनको उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
रौतहटको अकोलवा गाविस–५ का ५० वर्षिय महारुद्दिनको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए ।
गोली लागेपछि उपचारका लागि काठमाडौं लगिएका माहिरुद्दिन उपचार भएर घर फर्किएका थिए । तर, घाउ बल्झिएपछि एक साताअघि परिवारले वीरगञ्ज लगेका थिए ।






