काठमाडौँं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता भएको छ ।
२०७७ माघ ९ गते प्रधानमन्त्रीले अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भन्दै बहस गर्ने ज्येष्ठ वकिललाई ‘बाजे’ भनेर अदालतको अवहेलना गरेको भन्दै ओलीविरुद्ध अदालतको मानहानी मुद्धा दर्ता भएको हो ।
माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । रिटमा प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले बरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीमाथि प्रयोग गरेको भाषाशैलीको चौतर्फी विरोध भइरहेको छ ।
आजमात्रै नेपाल बार एसोसिएसनका चार जना पूर्वअध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै ओलीबाट माफी मगाउन र जवाफदेही बनाउन माग गरेका थिए ।






