लण्डन ,
गत सेप्टेबर ६ तारिक आइतबार लण्डनमा सम्पन्न लण्डन मेलामा नौमति बाजाको आकर्षण बेग्लै रह्यो । नौमति बाजा गुल्मी यूके, ग्रेटर रशमोर नेपाली कम्युनिटी र नेपाली दूतावास लण्डन पहलमा हजारौ अन्य समुहहरू लाई नेपालीहरूको कल्चर ट्रेडिशनल को र पर्यटन प्रर्वदन प्रमोशन गर्ने साथै बेलायत का बिषेस एशियन र अन्य स्थानीय बासी समुदाय संग सहकार्य र सोमन्धुर समन्ध राख्ने उदेयश्य लियर यस बर्ष पनी धुमधाम संग बिँषेस आक्रषक को रूपमा सहभागीता सम्पन गरेको छ। नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न गुल्मेली नौमति बाजा धेरैको आकर्षण बनेको थियो ।![11999909_1011112178919465_1785759008_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/11999909_1011112178919465_1785759008_n1.jpg)
भूकम्पपछि नेपालको पुननिर्माणमा सहयोग गर्न आयोजना गरिएको लण्डन मेलामा सहयोग जुटाउन नौमति बाजाले पनि ठूलै सहयोग पु¥याएको गे्रटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष तथा नौमति बाजा गुल्मी यूकेका प्रमुख संयोजक एवं गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार ओमप्रसाद थापा काउचाले बताए ।
भूकम्प पीडितको सहयोगार्थ विभिन्न ठाउँका समुदायसँग सहकार्य गर्दै आर्थिक सहयोग जुटाउन नौमति बाजाले महत्वपूर्ण भूमिका खेलेको थापाले जानकारी दिए । उनले दिएको जानकारीअनुसार म्यानचेस्टर मेला, नटिन्हम , टनब्रीज, लण्डन उडग्रीन, अल्डरसट, रिडिङ तथा नेपाली समुदायको विवाहमा नौमति बाजा ले छुट्टै सान सहित आफ्नो प्रस्तुति प्रदर्सन जमेर गरेको छ ।
नौमति बाजा समूहले सन् २०१० देखि नै नेपाली दूतावास लण्डनसँग सहकार्य गरेको हो । यस वर्ष पनि नेपाली मगर जातिको परम्परागत कौडा नाँच गे्रटर रशमोर नेपाली कम्युनिटीको सांस्कृतिक समूहले प्रस्तुत गरेको थियो ।
नेपाली मेलामा संयोजक नेपाल दुताबास बाट त्रितीय सचिव सुर्य थापा साथै अस्मिता शाहा,प्रमोद चन्दन ,गुमान सिह थापा ,हरी आछामी थिए भने गुल्मी जिल्ला समाज युकेका माहासचिव राम गलामी ,कोषअध्यक्ष टोप पल्ली यस्तै ग्रेटर रशमोर नेपाली कमिनीती का अध्यक्ष ओम थापा सचिव बिर बलाल,सदसयहरू षेशकुमारी पल्ली ,सरिता थापा,यस्तै अन्य नेपाली टिभी का प्रमुख प्रवनदक बिजय थापा को पनी उपस्थिति थियो,भने सो मेलामा पत्रकारहरू कान्तिपुर बेलायत सम्पादाता नबिन पोखरेल रेडीयो राईनो एभरेष्ट गौतम पनी उपस्थिति थियो,
नौमती समुह कलाकार हरूमा ओम थापा,राम गलामी,बिर बलाल,टोप पल्ली ,पुर्ण बलाल,पदम गुरूड्ग,कुमार राना, बिन भुजेल,गोपाल थापा,याम गलामी,बिर थापा,पार्वती थापा,जमुना राना पुन,भिमा बलाल,ओशिन थापा,बेबिका बलाल,यस्तै कोसीली गुरूप बाट पनी दुई वटा नाच प्रस्तुत गरेको थियो।यो बर्ष पहिलो पटक मेन स्टेजमा नेपाली कलाकार ले कला प्रस्तुत गर्ने अवसर पाएका थिए ।
साथै नेपाली स्वदिस्ट खाना रारा रेष्टुरेण्ट्का पोप्राईटर प्रताप रायामाझी ले गरेका थिए । यस बर्ष गोर्खा ओएलफर ट्रष्ट र अकफाम च्यारोटी ट्रष्टले बिषेस नेपालको माहाभुक्प को पुननिर्माणको लागी सहयोग अपील लागी पहल को निम्ती स्टल सजाइयको थियो।![12007013_1011112188919464_175145061_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/12007013_1011112188919464_175145061_n1.jpg)






