काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतको राजकीय भ्रमणसम्बन्धी नयाँदिल्लीबाट जारी संयुक्त वक्तव्यले नेपालका राजनीतिक क्षेत्रलाई तताएको छ ।
नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रलाई तताएको त्यो बुँदा ११ मा भनिएको छ, ‘दुवै प्रधानमन्त्रीले विकासोन्मुख मुलुकहरुलाई संयुक्त राष्ट्रसंघ तथा अरु अन्र्ताष्ट्रिय मञ्चहरुमा पारस्पर निकट समन्वयमा रहेर काम गर्न असर पार्ने तथा संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय निकायहरुमा व्यापक सुधार गर्नुपर्नेलगायतका प्रमुख अन्तर्राष्ट्रिय विषयहरुमा दुई मुलुकका समान विचार रहेको विश्वास व्यक्त गर्नुभयो ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र पाकिस्तानलाई भारतीय दृष्टिकोणले हेर्दा नेपाल पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा विवादमा पर्ने तर्क गरेका छन् ।
नेपाल पक्षले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको उम्मेदवारीलाई नेपालले समर्थन गर्ने कुरा दोहोर्याएको थियो ।






