लन्डन– नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् ।
बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पीआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिले प्रक्रिया अगाडि बढाइएको जनाइएको स्रोतले उल्लख गरेको छ ।






