वरिष्ठ गायिका कुन्ती मोक्तान र धिरज राई लण्डनमा

kuntidhirajलण्डन । नेपाली सांगीतिक क्षेत्रकी निकै लोकप्रिय तथा वरिष्ठ गायिका कुन्ती मोक्तान र बहुचर्चित गायक धिरज राई एक महिने सांगीतिक यात्राका लागि लण्डन आइपुगेका छन ।

 

बेलायतस्थित पिस इन्टरटेनमेन्टले नयां वर्ष २०७३ का अवसरमा बेलायतका विभिन्न शहरमा गर्ने एक दर्जन बढि कार्यक्रममा उनीहरु सहभागी हुनेछन ।

 

आयोजक पिस इन्टरटेनमेन्टका सुमन अधिकारीका अनुसार अहिलेसम्म विभिन्न १३ वटा कार्यक्रम तय भइसकेका छन भने अरु केहि कार्यक्रम थप हुन सक्नेछन ।

 

बिहिबार सांझ  लण्डन उत्रिएका कुन्ती र धिरजको कार्यक्रम शुक्रबार सांझ निरमाया रोधीघर अल्डरसट र २३ अप्रिलमा स्वीण्डनमा सम्पन्न भएको छ ।

 

 

यसैगरि  २४ मा आसफोर्ड, २९ मा मेडस्टोन, ३० मा ननिटन, १ मे मा ह्यारो, ७ मा प्लमस्टिड, ८ मा रेडिंग र १५ मा ग्रेजमा कार्यक्रम हुंदैछन ।

 

कतिपय ठाउंका कार्यक्रमको आयोजनामा स्थानीय संघसंस्थाले पनि सहकार्य गर्दैछन ।

 

यी सबै ठाउंका कार्यक्रम हेर्नका लागि टिकटमा समान १० पाउण्ड तोकिएको आयोजकले बताएका छन ।