गुल्मीमा चर्कियो आन्दोलन ,सरकारी कार्यालयमा तालाबन्दी

gulmi-andolan

रुपन्देही – सरकारले ५ नं प्रदेशका तराईवाट पहाडि जिल्ला अलग गराउने गरि सरकारले संसदमा बिधेक दर्ता गरेपछि   ३ दिने आमहडताल को पहिलो दिन गुल्मीमा राजनितिक दलहरुले जिल्लाका सरकारी कार्यलयमा तालाबन्दी गरिदिएका छन ।
कार्तिक १४ गते राति संसदमा संसोधन  विधेक दर्ता गरेको दोश्रोदिनपछि  सुरु भएको आन्दोलन १७औ दिन सम्म बन्द भएको छ । बन्दको १७ दिन  आज तम्घासमा रहेका सरकारी कार्यलयहरुमा  तालाबन्दी  गरिदिएका छन ।
नेपाली काग्रेस गुल्मीका स्थानिय  नेता तथा संञ्चारकर्मी रेसम कुबँरले दिएको जानकारी अनुसार  आन्दोलनरत दलहरुले जिल्ला प्रशासन मालपोत नापी नगरपालिका लगायतका कार्यलयमा ताबन्दी गरिीदएको छन ।

 

प्रशासनकार्यलयमा तालाबन्दी गरिदिएपछि  प्रहरी र आन्दोलनकारीबिच पटक पटक झडपको प्रयास भएको बताएका छन । जनपथ प्रहरीले भिडलाई नियन्तण गर्न समस्या भएपछि  शसत्रपहरी  परिचालन गरिएको छ । प्रमुख जिल्लाअधिकारी भने अहिले सम्म कार्यलयमा नआएको बताईएको छ ।