सिड्नी । कलाकार एवम् सर्जक अनु तामाङले उत्कृष्ट रचनाकारको अवार्ड जितेकी छिन् ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड-२०७९ अन्तर्गत विभिन्न विधामा भएको अवार्ड वितरण कार्यक्रममा तामाङले उत्कृष्ट रचनाकारको अवार्ड हात पारेकी हुन् ।
मौलिक भाषाभाषी विधा तर्फ च्यागो गितको शीर्षक रहेको तामाङ भाषामा निम अवार्ड अन्तर्गत सर्बोत्कृष्ट मौलिक भाषाभाषी गीत अवार्डमा उत्कृष्ट रचना/शब्द/ गीतकारको अवार्ड तामाङले जित्न सफल भएकी हुन् ।
अस्ट्रेलिया कर्म थलो बनाई नेपाली गीत सगींत क्षेत्रमा सक्रिय तामाङले थुप्रै सागींतिक कोशेलीहरु बजारमा ल्याएकी छिन् । आफुले रचना गरेको सिर्जनाले अर्वाड प्राप्त गर्दा खुसी लागेको तामाङले बताईन् ।
“एउटा सर्जकलाई आफ्नो सिर्जनाको मूल्याकंन हुँदा भन्दा बढी खुसी के हुँदो हो, उनले भनिन् -मलाइ अझै धेरै काम गर्ने प्रेरणा मिलेको छ ।” भावि दिनमा अझै धेरै उत्कृष्ट सिर्जनाका साथमा आफु आउने उनले बताईन् ।






